आज पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । बिहान देशको पहाडी भू–भागमा आंशिक बदली छ ।

दिउँसो प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । 

पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति प्रदेश १, बागमती, गण्डकी, कर्णाली प्रदेशका पहाडी भेगका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको आँकलन गरिएको छ ।

बिहीबार देशका पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 
​​​​​​​२०७८ चैत्र ९ गते (बुधवार)
दिउँसो: 
प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। 

देशको पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राती: देशको उच्च पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। 

प्रदेश १, बागमती, गण्डकी, कर्णाली प्रदेशको पहाडी भेगका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

२०७८ चैत्र १० गते (बिहीबार)
दिउँसो
: देशका पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राती: देशको पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। 

प्रदेश १, बागमती, गण्डकी, कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

२०७८ चैत्र ११ गते (शुक्रवार) 
दिउँसो: देशका पहाडी र हिमाली भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ।

देशको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राती: देशको पहाडी र हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। 

प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक÷दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

 

 

 

प्रकाशित मिति : ९ चैत्र २०७८, बुधबार  ७ : ४६ बजे