बृजेशकुमार गुप्तासहित आठ हजार बढी नेता–कार्यकर्ता एमाले प्रवेश गर्दै 

कपिलबस्तु । नेकपा एमालेका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री केपि शर्मा ओली चैत्र १४ गते कपिलवस्तु आउनु हुने भएको छ । 

प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका चर्चित नेता बृजेशकुमार गुप्तासहित सत्ता गठबन्धनका केन्द्र, प्रदेश र जिल्लाका नेतासहित ८ हजार वढीलाई पार्टी प्रबेश गराउन अध्यक्ष ओली कपिलवस्तु आउन लाग्नुभएको हो । यस अघि समाजसेवि मंगल प्रसाद गुप्ता सहित ४ हजार वढीलाई टीका लगाएर स्वागत गर्न अध्यक्ष ओली ३ महिना पहिले कपिलवस्तु जानुभएको थियो ।  

याे पटककाे कपिलवस्तुको चुनावी सभामा ३० हजार बढी जनसहभागिता जुटाउने एमाले कपिलवस्तुको तयारी  छ ।
तौलिहवामा हुने पार्टी प्रबेश कार्यक्रममा अत्याधिक जनसहभागिता दक्षिणी भेगकै हुनेगरी योजना बनाइएको  छ । एमालले यो चुनावी सभाको सन्देशले कपिलवस्तुका १० वटैतहमा यसपाली जित्ने आँकलन गरेकोछ ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ५ : ०६ बजे