देशका पहाडी क्षेत्रमा आज वर्षाको सम्भावना

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । 

प्रदेश १ लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भू-भागका एक/ दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

राति प्रदेश १ को पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार मङ्गलवार पहाडी भूभागमा आंशिक बदली रहनेछ । बुधवार प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने आँकलन गरिएको छ । पहाडी भू-भागका केही स्थानमा वर्षाको सम्भावना पनि छ ।

 

 

 

प्रकाशित मिति : ७ चैत्र २०७८, सोमबार  ७ : ०८ बजे