जन्मदिनमा झलनाथलाई झड्का :  निर्वाचन क्षेत्रका सबैले छोड्दै छन् एकै पटक साथ 

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालको आज जन्म दिन हो । झलनाथ खनालको जन्मदिनमा स्वयम झलनाथलाई भने ठुलै झड्का लाग्दै छ । तत्कालीन एमालेमा हुँदा राम्रो पकड भएको झलनाथ खनालको चुनावी क्षेत्रमा आज नेकपा एमालेका अध्यक्ष  एवं पूर्वप्रधानमन्त्री केपी ओलीको इन्ट्री हुँदैछ । 

इलामको सूर्योदय नगरपालिकामा आयोजना हुन लागेका पार्टीको बृहत् जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली त्यसतर्फ जान लाग्नुभएको हो । उहाँको साथमा पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसमेत त्यहाँ पुग्ने कार्यक्रम रहेको छ । फिक्कल बजारमा हुने बृहत् जनसभामा उल्लेख्य, कार्यकता, अगुवा कार्यकर्ता, शुभेच्छुक लगायतको सहभागिता रहने छ ।

अघिल्लो निर्वाचनमा उक्त क्षेत्रबाट तत्कालीन एमाले नेता झलनाथ खनाल विजयी भएका थिए। हाल खनाल नेकपा (एकिकृत समाजवादी) तर्फ लागेकाले आजको कार्यक्रमलाई त्यो अर्थमा पनि विशेषरुपमा हेरिएको छ । आजको कार्यक्रम सफल भए झलनाथ खनाल आफ्नै निर्वाचन क्षेत्रमा कमजोर साबित हुनेछन् । एमालेको कार्यक्रम सफल भएमा जन्मदिनकै दिनमा झलनाथलाई ठुलो राजनीतिक झड्का लाग्ने पक्का छ । 

प्रकाशित मिति : ६ चैत्र २०७८, आइतबार  १२ : २२ बजे