मदन भण्डारी फाउण्डेसनको राष्ट्रिय सम्मेलन आज, एमाले अध्यक्ष ओलीले उद्घाटन गर्नुहुने

काठमाडौँ । मदन भण्डारी फाउण्डेशनको तेस्रो राष्ट्रिय सम्मेलन आज काठमाडौँमा हुँदैछ । 

 ‘जनताको बहुदलीय जनवाद, राष्ट्र निर्माणको आधार’ भन्ने मूल विषयसहित नयाँ बाँनेश्वर थापागाँउस्थित बानेश्वर वैंक्वेटमा आज बिहान ११:०० बजेदेखि सुरु हुने तेस्रो राष्ट्रिय सम्मेलनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

सात वटै प्रदेशका प्रतिनिधि सहभागी हुने सम्मेलनको उद्घाटन नेकपा(एमाले)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ। 

फाउण्डेशनले एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारीको ‘जबज’ को विचारलाई प्रवर्द्धनलगायत विविध विधामा रचनात्मक कार्य गरी ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षामा सहयोग गर्दै आएको छ । 

प्रकाशित मिति : ५ चैत्र २०७८, शनिबार  ८ : ३१ बजे