माओवादीको प्रदेश अधिवेशनः प्रतिनिधि नै नभएको व्यक्ति निर्वाचित

काठमाडौँ । नेकपा माओवादीले पहिलो पटक मतदानको अभ्यास गरेको प्रदेश कमिटीमा प्रतिनिधि नै नरहेको व्यक्ति निर्वाचित भएको पाइएको छ ।

नुवाकोटकी एक नेतृ प्रतिनिधि नबनिकनै प्रदेश कमिटीमा निर्वािचत भएको पाइएको हो । नुवाकोटको सूर्यमति युवा जागरण प्रतिष्ठानको अध्यक्ष समेत रहेकी देविका मिजार नेकपा माओवादी केन्द्रको प्रदेश कमिटीमा निर्वाचित भएकी हुन ।
नेतृत्व छान्न पहिलो पटक मतदानको अभ्यास गरिएपनि अधिवेशनबाट प्रतिनिधि नै नभएको व्यक्तिलाई निर्वाचित गरेसँगै माओवादीभित्र असन्तुष्टि चलिएको छ ।

माओवादी नेता शम्भु पनेरूले प्रदेश कमिटीको अधिवेशनका लागि कुनै मापदण्डमा समेत नपरी प्रतिनिधि नै नभएको व्यक्ति प्रदेश कमिटीमा निर्वाचित भएको भन्दै सार्वजनिकरुपमा घटनाको उजागर गर्दै सुत्केरी भएर घरमा बसेकी महिला स्थायी शिक्षक र जाँच दिने फेल भएको पनि देखिएको भन्दै अनौठो मान्न नहुने भन्दै असन्तुष्टि जाएर गर्र्नुभएको  छ ।  

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ८ : ०१ बजे