एमालेद्वारा निर्वाचन आयोगमा दल दर्ता

काठमाडौं – राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमालेले निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।

पार्टीको महाधिवेशनपछि पदाधिकारी र केन्द्रीय सदस्यको विवरण निर्वाचन आयोगमा अद्यावधिक गर्नुपर्ने प्रावधान अनुसार दुवै काम आज गरिएको कार्यलय सचिव डा.भिष्म अधिकारीले बताउनुभयो ।

उपमहासचिव विष्णु रिमालका साथै केन्द्रीय सदस्यहरु केशव वडाल र निरज आचार्य सहितको टोलीले निर्वाचन आयोगमा दल दर्ता गराएको डा. अधिकारीले जानकारी दिनुभयो । एमालेको दशौं महाधिवेशनले चुनेको केन्द्रीय कमिटीको नामावली समेत अद्यावधिक गर्नुका साथै राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता समेत गरिएको छ ।

आगामी माघ १२ गते राष्ट्रिय सभामा रिक्त रहेका १९ पदका राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि मिति तोकिएको छ ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ७ : ४६ बजे