माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।  

पुस ११ गतेबाट काठमाडौँमा सुरु हुने राष्ट्रिय सम्मेलनमा पेस गरिने राजनीतिक दस्ताबेज, राष्ट्रिय सम्मेलनका अन्य विषयबारे छलफल गर्न बिहान ८ः०० बजे पार्टी कार्यालय पेरिस डाँडामा स्थायी कमिटी बोलाइएको हो । 

अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यले दिने सुझावलाई समेटेर पूर्णता दिने तयारी गरिएको छ जनाइएको छ ।  

माओवादीले यस पटक राष्ट्रिय सम्मेलनमा विचारको बहस हुने बताएको छ ।

प्रकाशित मिति : ९ पुस २०७८, शुक्रबार  ७ : ३५ बजे