एमाले काठमाडौँको लोगो सार्वजनिक

काठमाडौँ – नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सो पार्टीको काठमाडौँ जिल्ला कमिटीको अधिवेशनको लोगो आज सार्वजनिक गर्नुभएको छ । कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी क्रिकेट मैदानमा आयोजित सो कमिटीको मूल व्यवस्थापन समितिको बैठकमा उक्त लोगो सार्वजनिक गरिएको हो ।

     काठमाडौँका १३८ वडा र ११ नगरका पदाधिकारीको उपस्थितिमा भएको बैठकमा एमालेका पोलिटब्युरो सदस्य तथा जिल्ला कमिटीका अध्यक्ष कृष्ण राईले मूल व्यवस्थापनअन्तर्गत तयारीका बारे बैठकमा जानकारी गराउनुभएको थियो । एमालेले यही पुस २३ गते सबै जिल्लाको अधिवेशन गर्दैछ ।

बैठकमा पार्टीका महासचिव शङ्कर पोखरेल, स्थायी कमिटी सदस्यहरु कृष्णगोपाल श्रेष्ठ र डा राजन भट्टराई, पोलिटब्युरो सदस्य रामेश्वर फुँयाल, केन्द्रीय  सदस्यहरु नारायण सिलवाल, विद्यासुन्दर शाक्य, रुपनारायण श्रेष्ठ, शान्ति अधिकारी, सरिता न्यौपानेलगायत सहभागी हुनुहुन्थ्यो । सो कमिटीका सचिव दीपक निरौलाले अधिवेशनले सकेसम्म सहमतिमा नयाँ नेतृत्व चयन गर्ने जानकारी दिनुभयो ।

रासस

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  १० : ०१ बजे