प्रचण्डकै जालोमा अर्थमन्त्री शर्मा : नेता बाँस्कोटा

​​​​​​​काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं प्रतिनिधि सभाका सांसद गोकुल बाँस्कोटाले अर्थमन्त्री जनार्दन शर्मा विरुद्ध माओवादी अध्यक्ष प्रचण्डकै मिडियाहरू परिचालित हुनुको  रहस्य उजागर गर्नुभएको छ । 

आज एक  ट्विट गर्नुहुँदै बास्कोटाले अर्थतन्त्रका सूचक ओरालो लागिरहेको बेला अर्थमन्त्रीको आलोचना हुनु स्वाभाविक भएपनि प्रचण्ड निकट मिडिया नै अर्थमन्त्री विरुद्ध लाग्नु भनेको चाहिँ  माओवादीको राष्ट्रिय सम्मेलन भएको खुलासा गर्नुभएको हो । 

अर्थमन्त्री जनार्दन शर्माको महासचिवको दाबी कमजोर पार्न माओवादी अध्यक्ष प्रचण्डकै मिडिया लागिरहेको बास्कोटाको बुझाइ छ । ‘प्रचण्डकै खल्तीका मिडियाबाट  अर्थमन्त्री माथि शृङ्खलाबद्ध आक्रमण हुनुको राजनीतिक रहस्य भनेको कि त महासचिवको दाबी हाँप्ने वा अर्थमन्त्री छोड्नु पर्ने दबाब रहेको’ बास्कोटाले उल्लेख गर्नुभएको हो। 

हेर्नुहोस् बास्कोटाको ट्विट ​​​​​​​र फेसबुक​​​​​​​ स्ट्याटस  ​​​​​​​जस्ताको तस्तै : 

‘अर्थतन्त्रका अनेक सूचक ओरालो लाग्दा अर्थमन्त्रीमाथि आलोचना बढ्नु स्वाभाविक हो । तर प्रचण्डकै खल्तीका मिडियाले उनीमाथि शृङ्खलाबद्ध हमला जारी राख्नुको राजनीतिक रहस्य चाही माओवादीको सम्मेलन रहेछ । महासचिवको दाबी हाँप्ने वा अर्थमन्त्री रु सुप्रिमोकै जालोमा शर्मा !

 

 

 

 

 

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  ५ : ३५ बजे