एमालेद्वारा बागमती प्रदेशको बैठक अवरुद्ध : अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित

बागमती । बागमती प्रदेशसभाको आजको बैठक पनि अवरुद्ध भएको छ ।   प्रदेशसभाको आजको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले कार्यसूची पेस गर्न लाग्दा नेकपा (एमाले) का प्रदेशसभा सदस्य केशवराज पाण्डेले बुधबारको बैठकमा आफ्नो दलले राखेका विषयमा मुख्यमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नसक्ने बताउनुभयो ।

यसपछि सभामुख श्रेष्ठले अर्को सूचना नआएसम्म बैठक स्थगित भएको बताउनुभयो ।  आजको बैठकमा उद्योग, पर्यटन, उच्च शिक्षासम्बन्धी विधेयक प्रस्तुत गर्ने  कार्यसूची थियो । 

प्रकाशित मिति : ८ पुस २०७८, बिहिबार  १ : ५८ बजे