कांग्रेसको प्रदेश २ को अधिवेशनमा दुई समूहबीच कुटाकुट

जनकपुरधाम । नेपाली कांग्रेसको प्रदेश २ समितिको अधिवेशनमा दुई समूह बीच कुटाकुट भएको छ ।

प्रदेश कमिटिको मतदानको विषयलाई लिएर दुई समूहबीच झडप भएको हो । सभापतिका उम्मेदवार कृष्ण यादव र रामसरोज यादव पक्षबीच कुटाकुट भएको हो ।

जनकपुरधाममा भइरहेको अधिवेशनमा संस्थापन पक्षका उम्मेदवार कृष्ण यादवले बुधबार नै मतदान गर्नुपर्ने र विमलेन्द्र निधि पक्षका उम्मेदवार रामसरोज यादवले बिहीबारका लागि निर्वाचन सार्नुपर्ने भनेपछि विवाद भएको हो ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ५ : ३३ बजे