एमसीसीलाई समर्थन गर्नेहरू देशद्रोही हुन : प्रेम सुवाल

काठमाडौं – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसीलाई समर्थन गर्नेहरू देशघाती र देशद्रोही भएको बताउनुभएको  छ ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुवालले एमसीसीलाई समर्थन गर्नेहरू देशघाती र देशद्रोही भएको बताउनुभएको हो । उहाँले नेपाल र अमेरिकाबीचको हुने एमसीसी सम्झौंतामा भारतको गोरखपुरसम्म विद्युत् प्रसारण लाइन तान्ने कुरा कहाँबाट आयो? भन्दै सरकारलाई प्रश्नसमेतगर्नुभएको छ । सभामुख अग्नि सापकोटाले नेकपा एमालेका सांसदहरुले नाराबाजी गरिरहेको बेला सांसद  सुवाललाई बोल्ने समय दिनुभएको थियो ।  

सांसद सुवालले नेपालको विद्युत् नेपाललाई नै आवश्यक रहेको र त्यसबाट विद्युतीय रेल र सवारीसाधन सञ्चालन गर्न सरकारसँग माग गर्नुभएको थियो । उहाँले एमसीसी सम्झौता भनेको नेपालको बिजुली भारतहुँदै सिंगापुर लाने हो तर अमेरिका र नेपालको सम्झौंतामा गोरखपुरसम्म बिजुलीका लाइन तान्ने कहाँबाट आयो?' भनी सरकारलाई प्रश्न सोध्नु भएको छ । 

त्यस्तै सांसद सुवालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अबरुद्गध  गरेको बेला संसद् बैठक सुचारु गराउन नहुने अडान पनि दोहोर्‍याउनु भएको छ ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ३ : २५ बजे