नेपालका खेत बाझो राखेर भारतलाई पानी दिन सकिँदैन : अध्यक्ष ओली

​​​​​​​
कपिलवस्तु ।  पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको खेत बाझो राखेर भारतलाई पानी दिन नसकिने बताउनुभएको छ । 
आज कपिलवस्तुमा आयोजित बृहत भेला एवं पार्टीप्रवेश कार्यक्रममा बोल्नुहुँदै अध्यक्ष ओलीले कपिलवस्तुको सिंचाईको लागि अब नौमुरे सिंचाई योजना छिट्टै सुरु हुने बताउनुभयो । 

“यता नेपालतर्फ बाझो जमिन छ उता भारततर्फ खेती भइरहेको छ यो कदापि हुँदैन” ओलीले भन्नुभयो “कपिलवस्तुमा कृषि सिचाइको लागि अब नौमुरे योजना छिट्टै सुरु हुन्छ, ।” ओलीको भनाई थियो । 
अध्यक्ष ओलीले एमालेसँग मात्र देश बनाउने नीति भएको बताउनुभयो । 

नेकपा एमालेले बेसहारा, अभिभावक विहीनको पार्टी नेकपा एमाले भएको उहाँले बताउनुभयो ।  एमालेले बेसहाराका लागि सामाजिक सुरक्षा भत्तालाई प्रोत्साहन गरेको उहाँले बताउनुभयो । अध्यक्ष ओलीले कपिलवस्तुलाई औद्योगिक शहर बनाउने योजनाका साथ अघि बढ्ने पनि बताउनुभयो । 

अध्यक्ष ओलीले ज्येष्ठ नागरिकलाई स्वास्थ्यका लागि एमाले सरकारले औषधी उपचारको व्यवस्था गरेको बताउनुभयो । सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले हुलाकी राजमार्ग निर्माणका लागि विशेष ध्यान दिने बताउनुभयो । 

आफू प्रधानमन्त्री हुँदा कपिलवस्तुको तौलिहवा जस्तो शहरलाई ५० लाख रकम विनियोजन  तथा सडक पूर्वाधारको लागि रकम विनियोजन गरेको उहाँले बताउनुभयो ।  उहाँले जनता आवास कार्यलाई निरन्तरता दिई फुसको छानो मुक्त गाउँ बनाउन स्थानीय तह एवम् पालिकालाई अनुरोध गर्नुभयो । 

कपिलवस्तुको बहादुरगंजमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कपिलवस्तु जिल्लाले अब विकास चाहेको बताउनुभयो । 

नेकपा एमाले गरिब दुखिको पार्टी भएकोले एमालेमा प्रवेश गर्नेको जनलहर बढेको अध्यक्ष ओलीले बताउनुभयो । ओलीले भने  म ७० वर्षको भए १८ घण्टा काम गर्छु । तपाईँहरू पनि काम गर्नुस् अनि मात्र पार्टी अघि बढ्छ ।


नेकपा एमालेका महासचिव शङ्कर पोख्रेलले जनताबाट नडराएका बताउनुभयो। उहाँले भन्नू भयो “हामी चुनाव चाहन्छौ” देउवा सरकार चुनावबाट डराएको छ । 

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका पोख्लेखरेलले केपी ओलीको नेर्ततवको सरकारको पालमा विकासको लहर चलेको बताउनुभयो । 
कार्यक्रममा जनता समाजवादी पार्टी नेपालका  केन्द्रीय सदस्य मगंल प्रसाद गुप्ता एमालेमा प्रवेश गर्नु भएको थियो । आफ्नो क्षेत्रको विकासको लागि एमालेमा प्रवेश गरेको  गुप्ताले बताउनुभयो । गुप्तालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नु भयो ।  

कार्यक्रममा अन्य पार्टी परित्याग गरी करिब ६ हजार बढी कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका थिए । 

प्रकाशित मिति : ६ पुस २०७८, मंगलबार  ५ : ३४ बजे