लडेर दम्पतीको मृत्यु

गुल्मी – गुल्मीको मुसिकोटमा भीरबाट लडेर दुई जनाको ज्यान गएको छ । मुसिकोट नगरपालिका-१ को सिख्रा सामुदायिक वनको भीरबाट लडेर २६ वर्षीय मनु सार्की र श्रीमती २५ वर्षीया ज्ञानु परीयारको उपचारका क्रममा गुल्मी अस्पताल ज्यान गएको जिल्ला प्रहरी कार्याल्य गुल्मीका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए । 

उनीहरू माइती जान हिँडेका थिए । सोही क्रममा भीरको घोडेटो बाटोबाट लडेर घाइते अवस्थामा उद्धार गरेर अस्पताल पुराएको पाण्डेयले बताए । 

घाइते दम्पतीको गुल्मी अस्पतालमा ज्यान गएको र शव पोष्टमार्टम गरेर आफन्तलाई बुझाइने निमित्त प्रहरी प्रमुख पाण्डेयले बताए ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ९ : ५९ बजे