काठमाडौं । काठमाडौंको कोटेश्वरमा बसले ड्युटीमा रहनुभएको एकजना ट्राफिक प्रहरीलाई ठक्कर दिएको छ ।
कोटेश्वरबाट मोडिएर बालकुमारीतर्फ जाँदै गर्दा प्रदेश-३-०१-००५ ख ९७५५ नम्बरको बसले कोटेश्वर प्रभागमा कार्यरत ट्राफिक प्रहरी सई टोपबहादुर खत्रीलाई ठक्कर दिएको हो ।
खत्रीको अन्नपूर्ण न्यूरो अस्पतालको आइसियूमा राखेर उपचार भइरहेको छ । प्रहरीले बस चालक नवराज गिरीलाई नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : २० फाल्गुन २०८०, आइतबार ८ : ०८ बजे
प्रतिक्रिया