अछाममा भालुको आक्रमणबाट दुई युवती घाइते

अछाम । अछाममा भालुको आक्रमणबाट २ युवती घाइते भएका छन् । घाइते हुनेमा रामारोशन गाउँपालिका वडा नम्बर–५ सल्लीकोटका २० वर्षीया पार्वती शाह र १९ वर्षीया सरस्वती शाह रहेका छन्।

खरमेला जाने क्रममा उनीहरुलाई भालुले आक्रमण गरेको वडा नम्बर ५ का वडा अध्यक्ष केशरबहादुर शाहले जानकारी दिनुभयो । उनीहरूको अवस्था गम्भीर रहेकाले उपचारका लागि जिल्ला बाहिर लैजानको लागि सरोकारवालासँग सल्लाह गरेर हेलिकप्टरको व्यवस्था गरिरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र साउँदले बताउनु भयो । 

 

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ११ : ०९ बजे