काठमाडौंमा आज यस वर्षकै सबैभन्दा बढी चिसो

काठमाडौं । काठमाडौंमा यस वर्षकै सबैभन्दा कम तापक्रम रेकर्ड गरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले आज काठमाडौंमा यस वर्षकै कम तापक्रम (तीन दशमलव दुई) रेकर्ड गरिएको बताउनुभयो ।

यसअघि गएको डिसेम्बर ५ तारिखमा न्यूनतम तापक्रम तीन दशमलव पाँच डिग्री रेकर्ड गरिएको थियो । उक्त रेकर्ड ब्रेक गर्दै आज शुन्य दशमलव दुई डिग्रीमा झरेको हो । आज काठमाडौं उपत्यकामा पारदर्शिता पनि घटेको छ । उहाँका अनुसार आज बढी चिसो अनुभव भएको छ ।

बिहानका समयमा चाहिँ हुस्सु जस्तो देखिएको छ । उहाँले परदर्शिता तीन हजार मिटर रहेको बताउनुभयो । यसअघि चार हजार मिटरमाथि नै हुने गरेकामा आज भने पारदर्शिता पनि घटेको हो ।

त्यसका कारण काठमाडौंमा आज बिहानदेखि कतिबेला घाम लाग्ने र कतिबेला नलाग्ने भइरहेको छ । चन्द्रागिरिलगायत उपत्यकाको उच्च क्षेत्रतर्फको बस्तीमा अझै कम घाम लागेको छ । लागेको घाम पनि न्यानो खालको छैन ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  १२ : ०७ बजे