देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

नियन्त्रित लागूऔषध सहित पक्राउ

काठमाडौं – चन्द्रागिरी नगरपालिका-२ नागढुंगाबाट नियन्त्रित लागूऔषध ५ सय ५० एम्पुल डाईजेपाम, ५ सय ५० एम्पुल फेनारगन, ५ सय ५० एम्पुल नुर्फिन र ५ सय ४० ट्याब्लेट नाईट्राभेट सहित बारा सिम्रनगौढ नगरपालिका-१ घर भएका १९ वर्षीय बिजय कुमार मुखियालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बाराको कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ५०१३ नम्बरको बसलाई महनागरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले  जाँच गर्ने क्रममा बसमा सवार बिजयलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ५ : ३६ बजे