साफ यू–१७ च्याम्पियनसिप आजदेखि

थप ४६० मा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ४६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या २ लाख ८० हजार ९८४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५३ जना संक्रमित निको भएका छन्। हालसम्म २ लाख ७४ हजार ३१८ जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् ।

मन्त्रालय अनुसार आज अपरान्हसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ६०८ जना रहेको छ ।

त्यस्तै आज थप ५ को कोरोना संक्रमणबाट निधन भएको छ । यो सँगै आजसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५८ पुगेको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ५ : ०० बजे