साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

तनहुँ जिल्ला उपसचिवसहित युवा संघका केन्द्रीय नेताहरुले छाडे माधव नेपालको साथ

तनहुँ ।  नेकपा एमाले तनहुँका जिल्ला उपसचिव विष्णु भक्त सिग्देल र नेता नरेश साहीले माधव नेपाल समुह परित्याग गर्नुभएको छ । सिग्देल र साहीको नेतृत्वमा  युवा संघको केन्द्रीय सदस्यहरु नारायण थापा र सुशील सिग्देललेसमेत माधव नेपाल पक्षको साथ छाडनुभएको हो ।  तनहुँको राष्ट्रिय युवा संघ नेपालको जिल्ला स्तरीय र्‍याली तथा आमसभामा पुग्नुभएका एमाले नेता तथा पूर्वमन्त्री महेश बस्नेतको उपस्थितमा मंगलबार उहाँहरुले मधव नेपाल गुट छाडेको घोषणा गर्नुभएको हो । आज भएको आमसभालाई नेता बस्नेतले संवोधन गर्नुभयो । 

आमसभाअघि आबुखैरेनी, डुम्रे,भिमाद, शुक्लागण्डकी लगाएत स्थानबाट आएको मोटर साइकल र्‍यालीले दमौली बजार परिक्रमा गरेको थियो। युवा इन्चार्ज महेश बस्नेत, केन्द्रिय अध्यक्ष वचन बहादुर सिंह, सह अध्यक्ष किरण पौडेल लगाएतको टिम तीनवटा अभियान लिएर देशब्यापी हिडिरहेको छ।  

प्रधानमन्त्री के पी ओलीलाई देशभर अभियान चलाएर र साइबर सेना बनाएर ठूलो उत्साह थपिरहेका यी नेताहरुले पछिल्लो समय पार्टीको मुलधार बाहिर रहेका नेता तथा कार्यकर्ताहरुलाई पार्टीमुलधारमा ल्याउन महत्वपूर्ण भूमिका खेलिरहेका छन् । 

देश भर समानान्तर कमिटी बनाउदै हिडेका माधब नेपाल समुहलाई पछिल्लो अभियानले झड्का मात्र दिइरहेको छैन धमाधम माधव समूह  छाड्दै पार्टीको मुलधारमा जोडिन उत्साह थपिरहेको छ । 

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  २ : ४४ बजे