साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

आजदेखि ४०–५९ वर्षसम्मका नागरिकलाई कोरोविरुद्धको खोप लगाइँदै

 

काठमाडौं ।  सरकारले आजदेखि ४० देखि ५९ वर्षसम्मका नागरिकलाई कोरोना विरुद्वको खोप लगाउँदै छ। चीनबाट ल्याइएको कोरोनाविरुद्धको भेरोसेल खोप लगाउन सुरु गरिएको हो । 

यो अभियान २०७८ वैशाख ५ सम्म जारी रहने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप सरकारले नागरिकलाई क्रमशः लगाउन सुरु गरेको हो।

 यी हुन् खोप लगाउन तोकिएका २३ केन्द्र :

१. वीर अस्पताल, काठमाडौं

२. परोपका प्रसुतिगृह तथा स्त्रीरोग अस्पताल, थापाथली

३. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु

४. निजामती कर्मचारी अस्पताल, मीनभनव

५. राष्ट्रिय आयुर्वेद तथा अनुसन्धान तालिम केन्द्र, कीर्तिपुर

६. नेपाल मेडिकल कलेज, अत्तरखेल

७.काठमाडौं मेडिकल कलेज, सिनामंगल

८.त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज

९. सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी

१०. वीरेन्द्र अस्पताल, छाउनी

११. एपीएफ अस्पताल, बलम्बु

१२. नेपाल प्रहरी अस्पताल, पानीपोखरी

१३। ओम अस्पताल रिसर्च सेन्टर, चाबहिल

१४. क्षेत्रपाटी निस्शुल्क चिकित्सालय, क्षेत्रपाटी

१५. भक्तपुर अस्पताल, भक्तपुर

१६. नेपाल कोरियामैत्री अस्पताल, ठिमी

१७. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर

१८. किस्ट मेडिकल कलेज, ललितपुर

१९. आनन्दवन अस्पताल, ललितपुर

२०. धुलिखेल अस्पताल, काभ्रे

२१. त्रिशूली अस्पताल, नुवाकोट

२२. बारबिसे अस्पताल, सिन्धुपाल्चोक

२३. जिल्ला अस्पताल, रसुवा

 

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  २ : २९ बजे