साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

कोरोना खोप लगाएकालाई दोस्रो डोज वैशाख ७ देखि दिइने

काठमाडौँ ।  सरकारले पहिलो चरणमा कोरोना खोप लगाएकाहरूलाई  दोस्रो डोज खोप लगाउने तयारी गरेको छ । आगामी वैशाख ७ गतेदेखि ११ गतेसम्म दोस्रो डोज खोप लगाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।    

गत माघ १४ देखि फागुन १० सम्म पहिलो मात्रा लिएका स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कर्मचारीलगायतलाई दोस्रो मात्रा लगाउन लगागिएको  हो । 

सरकारले भारतमा उत्पादित कोभिसिल्ड  खोप पहिलो चरणमा ४ लाख ३८ हजार ८ सय ७९ जनालाई  लगाइदिएको थियो । अबको चरणमा कोभिसिल्डकै पहिलो डोज लिएकालाई दोस्रो डोज दिन लागिएको हो । 

दोस्रो चरणमा खोप लगाएका ६५ वर्षमाथिका व्यक्तिलाई भने जेठ १५ देखि दोस्रो डोज दिने सरकारको तयारी  छ । 

 

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  २ : ०६ बजे