साफ यू–१७ च्याम्पियनसिप आजदेखि

राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता

गलकोट । राष्ट्रिय परिचयपत्रका लागि बागलुङमा दुई हजार २०० जनाले आफ्नो व्यक्तिगत विवरण दर्ता गराएका छन् ।

जिल्ला प्रशासन कार्यालय बागलुङमा हालसम्म दुई हजार २०० जनाले राष्ट्रिय परिचयपत्रका लागि आफ्नो विवरण दर्ता गराएको कार्यालयले जनाएको छ ।

सरकारले केही वर्षमा सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने लक्ष्यसहित काम अघि बढाइएको छ । कोरोनाका कारण केही ढिला गरी बागलुङमा परिचयपत्र दर्ताको काम शुरु भएको थियो ।

अहिले जिल्ला प्रशासनबाट मात्रै दर्ताको काम भइरहेको र आगामी केही महिनामा वडाबाटै तथ्याङ्क सङ्कलनको काम शुरु हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ११ : ३७ बजे