साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

घुस लिएको अभियोगमा मुद्दा

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धार्चे गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बाबुराम पाण्डेसमेत सातजनाविरुद्ध गैरकानूनी लाभ तथा हानि गरी भ्रष्टाचार गरेको अभियोगमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

    गोरखाको नौलीखोला तेस्रो लघु जलविद्युत् आयोजना मर्मत तथा पुनर्निर्माण कार्यमा वास्तविक कार्यभन्दा बढी भुक्तानी गरी अनियमितता गरेको पाइएको छ । सो कार्यका लागि प्रमुख प्रशासकीय अधिकृत पाण्डे, इन्जिनीयर प्रवीन बस्ती सबइन्जिनीयर रामनारायण चौधरीविरुद्ध रु १० लाख ६३ हजार ५७ बराबरको भ्रष्टाचार गरेको पाइएको छ । 

    यस्तै, आयोगले आयोजनाका उपभोक्ता समितिका अध्यक्ष दमाइँ गुरुङ, सचिव हसिमान गुरुङ र कोषाध्यक्ष अनिता गुरुङविरुद्ध पनि समान बिगो दाबी गर्दै मुद्दा दायर गरिएको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिनुभयो । त्यस्तै, वडास्तरीय अनुमगन तथा सुपरीवेक्षण समितिका अध्यक्ष सूर्यमान गुरुङलाई भने बिगो दाबी गरिएको छैन । 
 

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  १० : ०५ बजे