साफ यू–१७ च्याम्पियनसिप आजदेखि

एकैदिन १३ जना कोरोना संक्रमितको मृत्यु, ५५९ संक्रमित थपिए

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ५५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या २ लाख ८० हजार २८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा पछिल्लो २४ घण्टामा ४९६ र ६३ जनामा संक्रमण पुष्टि भएको हो । । मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा १३८ जना डिस्चार्ज भएका छन् भने  हालसम्म २ लाख ७४ हजार १६५ जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् ।

आज अपरान्हसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार ३०६ जना रहेको छ ।

कोरोना संक्रमणका कारण आज थप १३ जनाको निधन भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५३ पुगेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ५ : १३ बजे