ओखलढुङ्गा – ७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा चिशंखुगढी गाउँपालिका-८ माम्खा बस्ने ७१ वर्षीय दान बहादुर कार्कीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
कार्कीले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ विमानस्थल सुरक्षा गार्ड रुम्जाटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार ४ : १९ बजे
प्रतिक्रिया