साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

गोरुले हान्दा एक महिलाको मृत्यु

बाँके । बर्दियाको बारबर्दिया नगरपालिका—४ बरपट्टामा गोरुले हान्दा एक महिलाको घटनास्थलमा मृत्यु भएको छ ।

स्थानीय राम गोपाल थारुले चराउँदै गरेको गोरुले हान्दा बुधबार स्थानीय ६४ वर्षीया बुधनी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिनुभयाे ।

गोरुले हान्दा उहाँको छाती र पेटमा गम्भीर चोट लागेर मृत्यु भएको उहाँले जानकारी गराउनु भयो।

घटनाका सम्बन्धनमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ११ : ०७ बजे