‘गौरभन्दा पहिले माओवादीले मारेका हजारौं हत्याकाण्डको छानिबन हुनुपर्छ’

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टीले माओवादीले जनयुद्धकालमा गरेका हत्याकाण्डको  छानबिन हुनुपर्ने माग गरेकाे  छ । गौर हत्याकाण्डको छानबिन गर्ने भनी सरकारले गरेको सहमतिबाट बिच्किएको जसपाले  जनयुद्धकालमा भएका हत्याकाण्डकाे छानबिन गर्न माग गरेकाे हाे । 

जसपाले आजै दिउँसो सरकारले गौर हत्याकाण्डको फाइल खोल्ने भनेर गरेको पछिल्लो सहमतिबारे पार्टीको आधिकारिक धारणा राख्न पत्रकार सम्मेलन गर्दैछ । त्यसअघि जसपा नेता तथा सांसद प्रदीप यादवले माओवादीले गरेका हत्याकाण्डको पनि छानबिन हुनुपर्ने बताएका हुन् ।

‘गौर हत्याकाण्ड माओवादीले निहुँ खोजेर भएको भन्ने पतिवेदन हरि घिमिरेको न्यायिक आयोगले समेत दिएको हो । अहिले आएर जुन नियतले यो कुरा उठाइएको छ, त्यसो हो भने माओवादीले गरेका हजारौंको हत्या काण्डहरुको पनि छानबिन हुनुपर्छ, किनभने पीडितहरूले जिल्ला जिल्लाबाट निवेदन दिएका छन् ', यादवले भन्नुभयाे । 

गौर हत्याकाण्डको छानबिन गर्ने भनेकै कारण सरकारबाट जसपा बाहिर नजाने यादवले बताए । 

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  १० : ३१ बजे