थबाङमा खोलाले बगाउदा दुई वर्षीय बालकको मृत्यु 

रोल्पा। रोल्पाको थबाङमा खोलाले बगाउदा एक २ वर्षीय बालक राज विकको मृत्यु भएको प्रहरीले बताएको छ पुर्विरुकुम पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ११ घुसवाङ घर भई हाल थबाङ गाउँपालिकाको वडा नम्बर १ मा पर्ने तरजुबाङ गाउँमा बस्दै आएका विकको बिहीबार साँझ करिब साढे ६ बजेको समयमा खोलाले बगाउदा मृत्यु भएको हो । 

थबाङ बजारमा रहेको अस्पतालबाट बिरामी भएका विकलाई आमा संगिता विकले औषधी उपचार गराइ  घर फर्किने क्रममा छोरालाई आमाले बोकेर जुरबाङ खोला तर्ने बेला चिप्लो ढुङ्गामा खुट्टा चिप्लिएर खोलामा आमा छोरा लडेर ढलेपछि छोरालाई खोलाले बगाएको राज विकको आमाले बताइन  ।

राज विकलाई खोलाले १ किलोमिटर टाढा सम्म बगाएको अवस्थामा स्थानीयले भेटाएर उद्धार गरी शवलाई घरमा लगेको खबर पाए पछि प्रहरी घटना स्थल हुँदै मृतक बालकको घरमा पुगेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुषालले जानकारी गराउनुभयो ।

 

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ९ : ३७ बजे