काँग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दलको बैठक आज दिउँसो १ः०० बजे नयाँ बानेश्वरस्थित लोत्से हलमा बस्ने भएको छ ।

बैठकमा अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयकलाई कसरी अगाडि बढाउने ? नयाँ विधेयक कसरी प्रस्तुत गर्ने भन्नेबारे छलफल हुने संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

बैठकमा आगामी दिनमा संसद्मा काँग्रेस कसरी प्रस्तुत हुने, डेङ्गु रोगको रोकथाम, पशुपक्षीमा लाग्ने लम्की रोगको उपचार, मानिसमा आँखा पाक्ने रोगको उपचारबारेमा सरकारको ध्यानाकर्षण गराइने प्रमुख सचेतक लेखकले बताउनुभयो । 

आजको बैठकमा छलफल गर्ने एजेन्डाबारे छलफल गर्न काँग्रेस संसदीय दलको कार्यसमिति बैठक बिहीबार दिउँसो बसेको थियो । 

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ६ : ४८ बजे