उड्ने बित्तिकै बुद्ध एयरको जहाजमा समस्या देखियो

काठमाडौँ । काठमाडौँबाट भैरहवाका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि काठमाडौँ नै फर्किएको छ । दिउँसो १:५८ बजे उडेको बुद्धको एन–एएनपी जहाज उडान लगत्तै प्राविधिक समस्या देखिएपछि त्रिभुवन विमानस्थल नै फर्काइएको थियो ।

जहाजमा के समस्या भएको हो भन्ने बारे प्राविधिकहरूले चेकजाँच गरिरहेको बुद्ध एयरका कर्मचारी दीपेन्द्र के कर्णले जानकारी दिए ।

जहाज उडेको ८–१० मिनेटमा नै काठमाडौँ फर्काइए पनि जहाजमा सवार यात्रुहरूलाई तत्काल अर्को जहाजमा राखेर पुन: भैरहवा पठाइएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ५ : २० बजे