सुनको मूल्यमा नयाँ कीर्तिमान

सडक दुर्घटनामा परी एकै परिवारका आठ जनाको मृत्यु, छ जनाको अवस्था गम्भीर

इस्लामावाद । पाकिस्तानको लेयाहमा आज बिहान भएको सडक दुर्घटनामा आठ जनाको ज्यान गएको छभने अन्य छ जना गम्भीर घाइते बनाएका छन् । 

यात्रु बोकेको भ्यानलाई ट्रकले ठक्कर दिँदा एकै परिवारका आठ सदस्यको घटनास्थलमा नै मृत्यु भएको तथा अन्य छ जना गम्भीर घाइते भएका उद्धारकर्मीहरूले बताएका छन् । घाइतेरूलाई चोबराको तहसील मुख्यालय अस्पताल पु¥याइएको छ ।  

हालै खनेवलको पुलबाट यात्रुवाहक बस खस्दा कम्तीमा छ जनाको मृत्यु भएको थियो भने ३० जना घाइते भएका थिए । विपरीत दिशाबाट तीव्र वेगमा आएको मोटरसाइकललाई  जोगाउन  खोज्दा बस नदीमा खसेको प्रत्यक्षदर्शीले बताएका थिए ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ३ : ५६ बजे