काठमाडौं । कानूनमन्त्री धनराज गुरूङ अस्पताल भर्ना हुनुभएकाे छ ।
ब्लड प्रेसर र मुटुको धडकन कम भएपछि उहाँ महाराजगञ्गस्थित मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना हुनुभएकाे हाे ।
सिंहदरबारस्थित मन्त्रालयमा काम गरिरहेका बेला उहाँलाई एक्कासी असजिलो भएको थियो।
अहिले उहाँको अवस्था सामान्य रहेको बताइएको छ ।
प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार ३ : २७ बजे
प्रतिक्रिया