सुनको मूल्यमा नयाँ कीर्तिमान

इजिप्टले पर्यटन क्षेत्रबाटमात्रै २०२१/२०२२ मा १०.७ बिलियन अमेरिकी डलर राजश्व उठायो

इजिप्ट । इजिप्टले पर्यटन क्षेत्रबाटमात्रै आर्थिक वर्ष २०२१/२०२२ मा १०.७ बिलियन अमेरिकी डलर राजश्व संकलन गरेको छ ।  

जुन २०२२ मा समाप्त भएको आर्थिक वर्ष २०२१/२०२२ मा इजिप्टले पर्यटन क्षेत्रबाट मात्रै १०.७ बिलियन अमेरिकी डलर राजश्व संकलन गरेको हो । अघिल्लो आर्थिक वर्षमा ४.९ बिलियन अमेरिकी डलर राजश्व संकलन गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा इजिप्टले करिव १२० प्रतिशतले पर्यटन क्षेत्रबाट मात्रै राजश्व वृद्धि गरेको इजिप्टको आधिकारिक तथ्यांक प्राधिकरणले बुधवार घोषण गरेको हो । इजिप्ट भ्रमण गर्ने पर्यटकको संख्या २०२२ मा ११ करोड १७ लाख पुगेको छ । २०२१ मा इजिप्ट भ्रमण गर्ने पर्यटकको संख्या जम्मा ८० लाख रहेको थियो ।

गत आर्थिक वर्षको तुलनामा इजिप्टमा भ्रमण गर्ने पर्यटकको संख्या ४६.६ प्रतिशतले वृद्धि भएको इजिप्टको सेन्ट्रल एजेन्सी फर पब्लिक मोबिलाइजेशन एण्ड स्ट्याटिस्टिक्सको रिपोर्टमा उल्लेख छ । २०२२ मा इजिप्ट भ्रमण गर्ने पर्यटकहरुमा ६२.६ प्रतिशत युरोपेलीहरु रहेका थिए भने अरबी पर्यटकहरु २६.४ प्रतिशत थिए । त्यस्तै अमेरिकीहरु ५.८ प्रतिशत र बाँकी अन्य देशहरुबाट गएको पाइएको छ ।

सन् २०२० मा भने कोरोना भाइरसका कारण इजिप्टमा पर्यटकको संख्या घटेको थियो । सन् २०२१ पछि इजिप्टमा पर्यटकको संख्या फस्टाउँदै गएको छ । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  २ : २५ बजे