२८ तोला सुनसहित एक महिला पक्राउ

काठमाडौं । पोखरामा २८ तोला सुनसहित एकजना महिला पक्राउ परेकी छिन् ।

प्रहरीले पोखरा बसपार्कबाट झापा बिर्तामोड नगरपालिका-१ घर भई काठमाडौंको जोरपाटी बस्ने ४५ वर्षीया कल्पना गुरूङलाई पक्राउ गरेको हो । उनी काठमाडौंबाट पोखरा झर्ने बित्तिकै बसपार्कबाटै पक्राउ परेकी हुन् ।

बसबाट ओर्लिए लगत्तै प्रहरीले चेकजाँच गर्ने क्रममा उनको साथबाट सुन बरामद गरेको हो । गुरूङले ब्राभित्र सुन लुकाएर राखेकी थिइन्।

गुरूङले आफूलाई काठमाडौंबाट अरू कसैले नै पैसाको प्रलोभन दिएर सुन बोकाएको बताएकी छिन् ।

पोखरा पुगेपछि एउटा फोन आउँछ, उसैलाई सुन दिनू भनेर आफूलाई पठाइएको उनले बताएकी हुन् ।

थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  १ : ०५ बजे