कपनमा काठमाडौं महानगरपालिकाको डोजर पुगेपछि स्थानीयबासी आन्दोलित

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर-७ मा महानगरपालिकाको डोजर पुगेपछि अहिले स्थानीयबीच तहल्का मच्चिएको छ ।

कपन खोलामाथि लगाइएको ल्याब हटाउन महानगरको डोजर पुगेपछि स्थानीयहरूले विरोध गरिरहेका छन् ।  स्थानीय र नगरप्रहरीबीच झडपसमेत भएको छ ।

स्थानीयहरुबीच झडप भएपछि महानगरको वडा नम्बर-७ का वडाध्यक्ष र बुढानिलकण्ठ नगरपालिकाको मेयर बीच वार्ता भइरहेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  १२ : ०७ बजे