इक्वेडरमा राष्ट्रपतिका उम्मेदवारको चुनावी र्‍यालीमै गोली हानी हत्या

काठमाडाैं । इक्वेडरको आगामी राष्ट्रपतीय निर्वाचनका एक उम्मेदवारको चुनावी र्‍यालीमा गोली हानी हत्या गरिएको छ ।
हाल राष्ट्रियसभाका सदस्य रहेका फर्नान्डो भिल्लाभिसेन्सियोलाई बुधबार उत्तरी शहर क्विटोमा कार्यक्रमबाट बाहिर निस्कँदा आक्रमण भएको थियो ।

उनको अभियान टोलीका एक सदस्यले विलाभिसेन्सियो कारमा चढ्दै गरेका बेला एक व्यक्तिले टाउकोमा गोली हानेको बताएका छन् । राष्ट्रपति गुइलेर्मो लासोले अपराधीलाई सजाय दिइने बताएका छन् । ५९ वर्षीय भिल्लाभिसेन्सियोलाई तीन पटक गोली लागेको प्रत्यक्षदर्शीले बताएका छन् । आक्रमणकारीलाई पनि सुरक्षाकर्मीले तत्कालै गोली हानेर मारेका बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  १० : १९ बजे