यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार नेपाली गोलभेँडा ठुलो प्रतिकेजी १६० रुपैयाँ, टनेल गोलभेँडा सानो ७५, घिउ सिमी लोकल ४०, काउली स्थानीय प्रतिकेजी ५० रुपैयाँ, आलु रातो ४८, मुडे आलु रातो ४०, भारतीय आलु रातो ३५, भारतीय प्याज सुकेको ५४, लौका ५०, हरियो फर्सी ७०, घिरौँला २५ कायम भई कारोबार भइरहेको छ 

त्यसैगरी, डल्ले च्याउ प्रतिकेजी ३०० रुपैयाँ, गाजर १००, बन्दा लोकल १५, मूला रातो ५०, भन्टा डल्लो ५०, मकै बोडी ७०, टाटे सिमी ६०, तितो करेला ३०, ब्रोकाउली ९०, कागती १३०, भिण्डी ४०, पिँडालु ६०, न्युरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ७०, लोकल काँक्रो ४०, तामा ९०, अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरिलो प्रतिकेजी ३५० पर्दा केरा दर्जनको १४०, अनार ३००, नास्पाती ७०, आभोकाडो ५०० रुपैयाँ, कालो अङ्गुर ४५०, किवी ७००, हरियो खुर्सानी अकबरे २५०, रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा (मुंगरी) २८० रुपैयाँ कायम भई खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै, मालदह आँप २००, लप्सी ६०, हरियो धनियाँ १५०, लसुन हरियो १२०, खुर्सानी सुकेको ४५०, नेपाली लसुन २३०, चाइनिज लसुन २६०, रूख कटहर ३०, छ्यापी सुकेको २२०, भेडे खुर्सानी ५० मा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ९ : ४३ बजे