एमालेले आदिवासी जनजाति महोत्सव मनाउँदै, अध्यक्ष ओलीले उद्घाटन गर्ने 

काठमाडौँ । नेकपा एमालेले आदिवासी जनजाति महोत्सव मनाउने भएको छ । 

२९ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा एमालेले सो महोत्सव मनाउन लागेको हो । 

केन्द्रीय पार्टी कार्यालय च्यासलमा आज ११:०० बजे 'देशका विविध कला, संस्कृति र मौलिकलाई बुझौँ, रमाऔँ, र अपनाऔँ ।' भन्ने नाराका साथ महोत्सव मनाउने बताइएको छ । 

महोत्सवको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने एमालेले जनाएको छ ।  

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ८ : २२ बजे