सडक भासिँदा पृथ्वीराजमार्गमा सवारी आवागमन बन्द

तनहुँ । पृथ्वीराजमार्ग सडकअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ स्थित कन्टारमा सडक भासिँदा राजमार्ग अवरुद्व भएको छ । 

आज दिउँसो करिब पौने १ बजेदेखि सडक अवरुद्ध भएपछि दुईतर्फी सवारीसाधन आवतजावत बन्द भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सडक विस्तारको जिम्मा पाएको चिनिया कम्पनीसँगको समन्वयमा भासिएको सडक मर्मत गरी सवारी साधन सञ्चालनका लागि पहल भएको छ । अवरुद्व सडक पुनः सञ्चालन गर्न समय लाग्ने देखिएको उक्त कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ४ : ३५ बजे