विषालु च्याउ खाँदा राक्सिराङका छ जना बिरामी

मनहरी । जङ्गलबाट ल्याइएको च्याउ पकाएर खाँदा मकवानपुरको राक्सिराङ गाउँपालिका–२ औडारमा बस्दै आएका एकै परिवारका तीनसहित छ जना बिरामी परेका छन् ।

राक्सिराङ–२ औडारका  २६ वर्षीय विकास चेपाङ, ६ वर्षीय सन्तोष  चेपाङ, २४ वर्षीय सुनिमाया चेपाङ, २७ वर्षीय राजकुमार प्रजा र आमेस चेपाङ र अर्का एकजना पुरुष बिरामी परेको वडा नं २ का वडाध्यक्ष बुद्धराम लामाले बताउनुभयो । विकास, सन्तोष र सुनिमाया एकै परिवारका हुन् ।

च्याउ खाएपछि बान्ता आउनेलगायत समस्या भएपछि उनीहरुलाई सरिखेत स्वास्थ्य चौकीमा उपचार समान्य उपचार गराई आइसियु सहितको थप उपचार आवश्यक परेकाले  भरतपुर पठाइएको  त्यहाँका प्रमुख प्रकाश कार्कीले बताउनुभयो । 
 

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  १२ : ५२ बजे