खाँदबारी कारागारमा कैदीबीच कुटाकुट, दुईजनाको मृत्यु

संखुवासभा । संखुवासभा सदरमुकाम खाँदबारी कारागारामा कैदीबन्दीबीच कुटाकुट हुँदा दुईजनाको मृत्यु भएको छ ।

कैदी बन्दीबीच झडप हुँदा उनीहरूको मृत्यु भएको संखुवासभा प्रहरी प्रमुख डीएसपी वीरेन्द्र गोदारले बताउनुभएकाे छ । मृत्यु हुनेमा आकाश बलामी र बिनोद तोलङ्गी रहेका छन् ।

बुधबार बिहान दुई बजे शौचालयको रड काटेर भाग्न लागेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएर पुन कारागारमा राखेका थिए । त्यसपछि करिब पाँचबजे कारागारमा हल्लाखल्ला मच्चिएको र प्रहरी पुगेर हेर्दा उनीहरू गम्भीर अवस्थामा घाइते फेला परेका थिए ।

उनीहरूलाई अस्पताल लैजादैँ गर्दा मृत्यु भएको हो ।

थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  १२ : ०२ बजे