रविलाई भोलि काठमाडौं ल्याइने

उधारो नपत्याएको झोकमा श्रृंखलाबद्ध आगजनी गर्ने युवा प्रहरी नियन्त्रणमा

जुम्ला । जुम्ला गुठिचौर गाउँपालिकाका ६ सहित सात घर जलाउने एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । श्रृंखलाबद्ध आगलागीका घटनामा संलग्न गुठिचौर गाउँपालिका ४ स्थायी ठेगाना भई चन्दननाथ २ बस्ने ३० वर्षीय रत्न प्रसाद अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

अधिकारीलाई प्रहरी मङ्गलवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । प्रहरीले गाउँ नै जलाएर अपराधी गतिविधिमा उत्पात मच्चाउने व्यक्तिलाई सार्वजनिक गरेको हो । उनले एक अटोरिक्सा, एक ट्याक्टर र ७ घरमा आगो लगाएको प्रहरीको भनाई छ ।  गुठीचौर गाउँपालिका – ४ उखाडी घर भई  हाल चन्दननाथ नगरपालिका – २ भण्डारीबाडामा बस्दै आएका ३० वर्षीय अधिकारी एक्लैले श्रृंखलाबद्ध आगलागी गरेको खुलेको प्रहरी नायब उपरिक्षक प्रल्हाद कार्कीले बताउनुभयो । 

उहाँका अनुसार श्रखलाबद्ध घटना गर्नुको कारण बुझ्दा आरोपित अधिकारीले आफु गरिब भएको र कसैले पनि ऋण र उधारोसमेत नपत्याएपछि आपराधिक गतिविधिमा लागेको बताएका छन् ।  

प्रहरीको अनुसन्धानबाट उनले चोरी डकैती गर्नेदेखि घर, अटो रिक्सा र ट्याक्टर आगजनी गरेको खुलेको हो । प्रहरीका अनुसार सबै घटना आफैले गरेको उनले स्वीकारेका छन् ।  

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक प्रल्हाद कार्कीका अनुसार श्रखलाबद्द अपराधी घटना घटनाउने व्यक्ति अधिकारीलाई साउन ४ गते पक्राउ गरिएको हो ।

उनले मुखका कालो मास्क लगाउने, हातमा लाठी बोकेर स्थानीयको घर घरमा बास पाइन्छ भन्दै ढोका ढकढक्याउने गरेको बुझिन्छ । गाउँ समाजमा मदिरा सेवन गरेर होहल्ला मच्चाउने जस्ता गतिविधि पनि अधिकारीले गर्दै आएको प्रहरीको भनाई छ । प्रहरी नायव उपरीक्षक कार्कीले भने नियन्त्रण लिने क्रममा अपशब्द बोली लाठ्ठीले प्रहार गरेकाले अभद्र व्यवहार मुद्दा दर्ता गरिएको हो ।

घटनाका आरोपित अधिकारीलाई प्रारम्भिक सोधपुछ गर्दा असार २६ गते राती पसल चोरी गर्ने उद्देश्यले घरबाट निस्केको खुलेको हो । गुठीचौर गाउँपालिका – ४ तल्लो बिगारेस्थित जस्ता पाता प्रयोग गरी बनाएको गोदाममा चोरी गर्न खोज्दा टिनको आवाज आउने भएपछि त्यहाँ केही गरिन ।

सोही वडाको बालुस्थित कृष्ण बहादुर अधिकारीसँग रिसिवीईको बदला लिने उद्देश्यले पसल चोरी गर्न खोजेको तर ताला तोड्न नसकेपछि  असार २७ गते बिहान ३ बजे पार्किङ गरेको अटो आगजनी गरेको खुलेको हो ।

प्रहरीका अनुसार आरोपित अधिकारी र अटो रिक्सा धनी कृष्णबहादुर अधिकारी बीच चामलको विषयमा विवाद भएको बुझियो । अधिकारी विरुद्ध आपराधिक उपद्रो कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान भई रहेको प्रहरीले जनाएको  छ ।

 अधिकारीका  आपराध श्रृंखला 

घटनाका आरोपित अधिकारी नेपाली सेना हाल उपदान गई सकेका व्यक्ति हुन् । उनी सेनामा कार्यरत रहँदा ब्यारेकबाट भु।पु। र बहालवालालाई कर्मचारीको लागि दिने सहुलियत खाद्यान्न ९चामल० मिलाई दिन्छु भनी २०७९ चैत्र महिनामा अटो मालिक अधिकारीसँग ७ हजार ५ सय रुपियाँ लिई सम्पर्क विहीन भएको बुझिन्छ ।

यस्तै आरोपित अधिकारीले साउन ३ गते चन्दननाथ  नगरपालिका – १ का ५२ वर्षीय साउनेखर कामीको। गुठिचौर गाउँपालिका –५ मा रहेको गाईभैसी पाल्ने गोठ (आटी) आगजनी गरेका छन् । उनी गोठमा गरगहना लुटपाट गर्न गर्न गएका हुन् । तर गोठमा कोही नभेटाएपछि आगजनी गरेको अनुसन्धानमा खुलेको कार्कीले बताए ।  

उनले चन्दननाथ नगरपालिका – १ डुडाखोजस्थित ५१ वर्षीय रतनबहादुर बुढाको घर साउन ५ गते आगजनी गरेका छन् । महिलाले लगाउने गरगहना लुट्न जाने, लुट्न नपाएपछि घर आगो लगाउने गरेको बुझिएको प्रहरीको अनुसन्धानमा खुलेको छ ।  

यस्तै घटनाका आरोपित अधिकारीले साउने ५ गते राती नै गुठीचौर –४ बिगारेका ५६ वर्षीय भिम प्रसाद जैसी, साउन ६ गते सोही वडा खल्लावाडाका ५३ वर्षीय लालचन्द्र साकीको घर आगजनी गरेका छन् ।

साउन ६ गते राती नै आरोपित अधिकारीले गुठीचौर – ४ डाँडावाडाका ५९ वर्षीय कविदत्त न्यौपाने ९क० र सोही गाउँका ३८ वर्षीय कविदत्त न्यौपाने ९ख० को घर आगजनी गरेका हुन् ।

साउन ६ गते राती नै गुठीचौर गाउँपालिका – ४ धवलपुराका ७९ वर्षीय खडानन्द पाण्डे र सोही गाउँका ३५ वर्षीय प्रेम प्रसाद न्यौपानेको घर आगजनी गरेको खुलेको हो ।

गुठीचौर गाउँपालिका – ५ धितागाउँ नजिक रारा तेन्जिन कन्ट्क्सनको लु ५ त १२४४ नम्बर पार्किङ गरेको ट्याक्टर पनि उनै आरोपित अधिकारीले आगजनी गरेको खुलेको हो । 

प्रकाशित मिति : २४ श्रावण २०८०, बुधबार  ९ : २३ बजे