नेविसंघबाट विद्रोह गर्ने सिटौला समूहको चेतावनी

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भ्रातृसंगठन नेपाल विद्यार्थी संघमा गरेको मनोनयनलाई लिएर नेता कृष्णप्रसाद सिटौला समूहले आपत्ति जनाएको छ।

दुजाङ शेर्पालाई सभापतिमा मनोनयन गरेको डेढ वर्षपछि नेविसंघमा ७१९ जनालाई सोमबार केन्द्रीय समिति सदस्य बनाइएका थियाे।

उक्त मनोनयनप्रति  सिटौला समूहलेआपत्ति जनाउँदै समानान्तर समितिको अभ्यासमा जाने चेतावनी दिएको हो।

बागमती प्रदेशसभामा कांग्रेसका प्रमुख सचेतकसमेत रहेका नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले यो मनोनयनबाट संगठन अघि बढ्न नसक्ने  बताए।  

सिटौला समूहका नेविसंघ नेता मनिष सिंखडाले हिजो विद्यार्थीका सारथि भएका, विश्वविद्यालयमा गहन रुपमा काम गरेका, आन्दोलनको नेतृत्व गरेकाहरुलाई छुटाएर बनाइएको समितिको औचित्य नहुने बताए। 

सिंखडाले  त्रिभुवन विश्वविद्यालयका नेता योगेन्द्र रावल, शंकरदेव क्याम्पसका नेता दीपक ओझा, जनमैत्री क्याम्पसका इकाइ अध्यक्ष  निराजन शाही, आईओएम टिचिङका नेता सुमित बोहोरासहित कम्तीमा २० जना नेता छुट्नु आपत्ती जनक भएकाे बताए ।  उनले  नेविसंघ झापाकाा नेता नवराज ढकाल र डडेल्धुराका नेता दुर्गा कापडीसहितको नाम छुटेको भन्दै  विद्रोहको चेतावनी दिए ।

उनले नेताको नजिक भएका र हिजो संगठनमा योगदान नै नदिएकालाई केन्द्रीय सदस्य बनाउने सभापति देउवाको कदमविरुद्ध विद्रोह गरिने भताए । 

विदेश जाने पनि समितिमा राखिएकाे तर आफुलाइ तदर्थ समितिमा राखिएकाे भन्दै उनले आफू समितिमा बस्न असमर्थ रहेको सामाजिक सञ्जालमा लेखेका छन्।
देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेका  किरण भण्डारी, डा. रितेश चिमोरिया, अमृत वस्ती र रविन ढुङ्गाना लगायतका केही नेता विदेशमा छन्।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ३ : ०४ बजे