रोल्पामा बस दुर्घटना अपडेट : दुई जनाको शव भेटियो, १५ जना घाइते

दाङ । रोल्पाबाट दाङको घोराहीतर्फ आउँदै गरेको बस दुर्घटना भएको छ। त्रिवेणी गाउँपालिका–७ स्थित रिचि भन्ने ठाउँमा ना ५ ख १६१२ नम्बरको बस दुर्घटना भएको हो। 

दुर्घटनामा १५ जनाभन्दा बढी घाइते भएको र २ जनाको शव भेटिएको प्रहरीले जनाएको छ।

घाइतेलाई प्रारम्भिक उपचारका लागि स्थानीय स्वास्थ्य चौकी र मेडिकलमा पठाइए पनि थप उपचारका लागि दाङको घोराही वा जिल्ला अस्पतालमा पठाउने भन्नेबारे छलफल भइरहेको प्रहरीले जनाएको छ । वर्षाले सडक चिप्लो भएकाले दुर्घटना भएको अनुमान प्रहरीको छ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  २ : ५७ बजे