सप्तकोसीमा वर्षकै उच्च बहाव, ५६ मध्ये १८ ढोका खोलियो

सप्तरी । लगातारको वर्षाले सप्तकोसी नदीको बहाव यो वर्षकै उच्च तहमा पुगेको छ । सहायक नदीहरुमा आएको बाढी र लगातारको वर्षाले कोसीको बहाव बढेको हो ।

आज बिहान १० बजेको मापनअनुसार प्रतिसेकेन्ड एक लाख ८७ हजार ८७५ क्युसेक बहाव रहेको कोसी ब्यारेजस्थित नियन्त्रण कक्षले जनाएको छ।

यो वर्षकै उच्च बहाव हो । कोसीमा बहाव अझ बढ्ने सम्भावना रहेकाले अहिले ५६ वटा ढोकामध्ये १८ वटा खोलिएको कक्षका प्रावधिकिले जानकारी दिए ।

कोसीमा लगातार बहाव बढ्न थालेपछि खतरा सूचक रातो झण्डासमेत लगाइएको छ । यस्तै कोसी नदीमा आएको बाढीले तटीय क्षेत्र अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालकिा र तिलाठी कोइलाडी गाउँपालिकाका बासिन्दा उच्च जोखिममा परेका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  २ : ५३ बजे