तीन प्रदेशमा वर्षाको सम्भावना

चावहिलको तरकारी बजार डुबानमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा परेको भारी वर्षाले चावहिलको तरकारी तथा फलफूल होलसेल कृषिबजार डुबानमा परेको छ ।

अत्याधिक वर्षाको कारण धोबीखोलामा मंगलबार आएको बाढी चावहिलको तरकारी तथा फलफूल होलसेल कृषिबजारमा पसेको हो । बाढीका कारण बिहान बेच्न राखिएका कतिपय तरकारीमा क्षति पुगेको तरकारी व्यवसायीले जानकारी दिए ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  १ : २८ बजे