सल्यानमा लाठीले हानेर छोराले गरे आमाको हत्या

सल्यान । सल्यानमा लाठीले हानेर आफ्नै छोराले आमाको हत्या गरेका छन् । जिल्लाको शारदा नगरपालिका १३ माथिल्लो सल्यानचौरका अन्दाजी २३ वर्षीय नविन भण्डारीले ४८ वर्षीय आमा शारदा भण्डारीको हत्या गरेका हुन् ।

 मंगलबार बिहान ४ बजे आमाबुवा सुत्ने कोठा गई लठ्ठीले टाउकोमा हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

हत्या गरेको आरोपमा नविनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिनु भयो । हत्याको कारण खुल्न नसकेको उहाँको भनाई छ । घटनास्थलमा प्रहरी टोली पुगेको र आवश्यक अनुसन्धान कार्य अघि बढाएको प्रहरीको भनाई छ । 

जिल्लामा पछिल्लो समय आपराधिक घटना बढ्दै जानथालेका छन् । तीन दिन अघि मात्र शारदा नगरपालिका १४ मा मकै बारीमा घाँस काट्न गएकी महिलाको घाँटी रेटी हत्या भएको थियो । 

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  १० : ४० बजे