तीन प्रदेशमा वर्षाको सम्भावना

एमाले केन्द्रीय कार्यालय डुबानमा

काठमाडौँ – ​​​​​​​नेकपा (एमाले) को केन्द्रीय कार्यालयमा बाढी पसेको छ।

ललितपुरको च्यासलस्थित नेकपा (एमाले) को केन्द्रीय कार्यालयमा मनोहरा नदीको जल सतह बढ्दा डुबानमा परेको हो ।

मनोहरा नदी माथि रहेको पुलमुनिबाट पानी पास हुन नसक्दा पार्टीको केन्द्रीय कार्यालयमा डुबानमा परेको छ ।

एमालेले तुलसीलाल स्मृति प्रतिष्ठानको घर भाडामा लिएर पार्टी कार्यालय सञ्चालन गरिरहेको छ।

सोमबार राति देखिको अविरल वर्षाका कारण काठमाडौं, ललितपुर र भक्तपुरका नदीहरुको जल सतह बढ्दा नदी आसपासका क्षेत्र बाढी र डुबानमा परेका छन्।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  १० : ३४ बजे